डढेलो गाउँ पस्दा घरगोठ खरानी

डढेलो गाउँ पस्दा घरगोठ खरानी

उदयपुर -  उदयपुरको उत्तरपश्चिमी पहाडी भेगको ताप्ली गाउँपालिका–१ ओख्ले डाँडागाउँमा डढेलो गाउँ पस्दा स्थानीयको घरगोठ जलेर खरानी भएको छ । बनमा आज लागेको डढेलोले स्थानीय रमेश मगरको घरगोठ जलेर खरानी भएको हो । 

ताप्ली–१ ओख्लेका वडाध्यक्ष उद्धव हमालका अनुसार गाउँ नजिकैको  सल्लाघारी वनमा आगलागी भएको हो । उहाँले भन्नुभयो, “घरको अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको छ ।” वन क्षेत्रमा लागेको डढेलो बेस्सरी हावा चल्दा गाउँमा पसेको उहाँले बताउनुभयो । डढेलोका कारण अन्य घर पनि जोखिममा रहेका वडाध्यक्ष हमालले बताउनुभयो । 

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न प्रहरीचौकी रुपाटारबाट टोली घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभास राईले बताउनुभयो । 

प्रतिक्रिया