मोतिबिन्दूको अप्रेसन केन्द्र उद्घाटन

मोतिबिन्दूको अप्रेसन  केन्द्र उद्घाटन
सुन्नुहोस्

नेपाल रेडक्रस सोसाइटी दैलेखले सञ्चालन गर्दै आएको प्राथमिक आँखा उपचार केन्द्रमा अब मोतिबिन्दूको अप्रेसन सेवा समेत सुरु भएको छ । कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्रीले एक समारोहवीच आज उद्घाटन गर्नुभयो । 

स्वीस रेडक्रस, ब्रिटिस रेडक्रस र नारायण नगरपालिकाको आर्थिक सहयोग तथा आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा आवश्यक उपकरण, जनशक्ति र पूर्वाधार सहित तयार गरी बुधबारदेखि औपचारिक रुपमा अप्रेसन थालिएको हो । 

नेपाल रेडक्रस सोसाइटी दैलेखका सभापति निर्जनकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् सुर्खेत शाखा सभापति रामलाल आचार्य, कर्णाली सभापति लिलाराम सुबेदी, दैलेख शाखाका इच परियोजना संयोजक यामराज खड्काले ‘समुदायिक आँखा उपचार तथा शल्यक्रिया केन्द्र’ संञ्चालन सम्वन्धी सहकार्य विषयमा बोल्नुभएको थियो ।

समुदायिक आँखा उपचार तथा शल्यक्रिया केन्द्र दैलेखका इञ्चार्ज प्रकाश शाहीले आजको शिविरमा ३५ जना बिरामीहरुको मोतिबिन्दू अप्रेसन गरिएको छ । शल्यक्रिया केन्द्रले प्रतिव्यक्ति ४५ सय रुपैंयाँ शुल्क तोकेको छ । हरेक हप्ताको अन्तिम शुक्रबार शल्यक्रिया गरिने जनाइएको छ । 

प्रतिक्रिया