राष्ट्रियसभाका नवनिर्वाचित सदस्य रोकायद्वारा दैलेखका मतदातालाई धन्यवाद ज्ञापन

राष्ट्रियसभाका नवनिर्वाचित सदस्य रोकायद्वारा दैलेखका मतदातालाई धन्यवाद ज्ञापन
सुन्नुहोस्

दैलेख -राष्ट्रियसभाका नवनिर्वाचित सदस्य कृष्णबहादुर रोकायले दैलेखका मतदाता र गठबन्धन राजनीतिक दलका नेतृत्वलाई धन्यवाद दिनुभएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लामा पुगी मतदाता र राजनीतिक नेतृत्वलाई धन्यवाद दिने कार्यक्रम अन्तरगत आज दैलेख पुग्नुभएका रोकायले जिसस दैलेखको सभाहलमा भन्नुभयो ‘साझा र रचनात्मक काम गर्नेछु ।’

नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, नेकपा माओवादी केन्द्रका दैलेख इञ्चार्ज प्रेम कटुवाल, जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही, दुल्लू नगरपालिकाका मेयर भरत रिजाल, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जू पाण्डे, भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का लगायतले राष्ट्रियसभाका नवनिर्वाचित सदस्य रोकायको कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । 

कर्णाली प्रदेशसभाका ४० साँसद र ७९ पालिका प्रमुख तथा उपप्रमुखले माघ ११ गते प्रदेश राजधानी सुर्खेतमा गरेको मतदानमा महिला तर्फ नेकपा समाजवादीकी सावित्री मल्ल, खुल्ला तर्फ नेपाली काँग्रेसका कृष्णबहादुर रोकाय र दलित तर्फ नेकपा माओवादी केन्द्रका बिष्णुबहादुर बिक राष्ट्रियसभाका सदस्य निवार्चित हुनुभएको थियो । उहाँहरु तीनै जना सत्तागठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो, उहाँहरुले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गरी राष्ट्रियसभाका सदस्य निवार्चित हुनुभएको हो ।

प्रतिक्रिया