शनिवार सुर्खेतमा मानव सेवा आश्रमले आमा सेमीनार गर्ने

शनिवार सुर्खेतमा मानव सेवा आश्रमले आमा सेमीनार गर्ने

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा शनिवार मानव सेवा आश्रमले आमा सेमीनार गर्ने भएको छ । सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार तथा संरक्षण गर्दै आएको आश्रमले आमा बुबाको महत्त्व र महिमा वोध गराउँदै राष्ट्र, राष्ट्रियता र मातृभूमि प्रतिको सम्मान बढाउने उद्देश्यले सेमीनार गर्न लागेको जनाएको हो ।

‘म, मलाई र मेरो परिवारभन्दा माथि मानवीय सेवाको लागि प्रेरित गर्ने, व्यक्तिमा सृजनशीलता, रचनात्मकता, सामाजिक मूल्यमान्यताहरूसहित सकारात्मक सोचको विकासका लागि पथप्रदर्शन गर्ने उद्देश्य राखेका छौँ,’ आश्रमकी केन्द्रीय महासचिव सुशिला केसीले भन्नुभयो, ‘सामाजिक व्यक्तित्व निर्माणमा सहयोग गर्ने हाम्रो मुख्य ध्येय हो ।’

उहाँका अनुसार पारिवारिक सम्बन्धमा बढेको तिक्ततालाई न्यूनीकरण गरी सम्बन्ध सुमधुर बनाउने, सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपालको घोषणाको लक्ष्य प्राप्तिका लागि आधार तय गर्न सेमीनार आयोजना हुन लागेको हो ।

आश्रमले २०८२ सम्म सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पूरा गर्ने आधार तयार गर्न राष्ट्रव्यापी मानवता प्रवर्द्धनका कार्यक्रम आयोजना गरिरहेको केसीले बताउनुभयो ।

५ सय जनाको सहभागिता रहने कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ भने कार्यक्रम होटल सिद्धार्थमा हुनेछ । कार्यक्रमको प्रशिक्षण मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले गर्नेछन् ।

प्रतिक्रिया