बालमैत्री स्थानिय शासन कार्यान्वयन सम्बन्धि १ दिने गोष्ठी सम्पन्न

बालमैत्री स्थानिय शासन कार्यान्वयन सम्बन्धि १ दिने गोष्ठी सम्पन्न

सुर्खेत -  दैलेखको भगवतीमाई गाउँपालिकामा बालमैत्री स्थानिय शासन कार्यान्वयनमा बालबालिकाको स्थितीपत्र तयारी सम्बन्धि १ दिने गोष्ठी सम्पन्न भएको छ।  वर्ल्ड भिजन ईट्रनेश्नल नेपाल र सोसेक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भगवतीमाई गाउँपालिकाको आयोजनामा स्थितीपत्र तयारी सम्बन्धि १ दिने गोष्ठी सम्पन्न भएको हो  । 

स्थितीपत्र तयारी सम्बन्धि १ दिने गोष्ठीमा कर्मचारी, संघसंस्थाका प्रतिनिधि,बाल क्लब, बाल संजाल र विषयगत शाखाबाट ४२ जनाको सहभागिता रहेको थियो ।

पहिलो दिन बालमैत्री स्थानीय शासनसम्बन्धी छलफल, दोस्रो दिन स्थानीय शासन कार्यान्वयन गर्न चुनौती र त्यसका सवालहरु सम्बन्धी छलफल गरिएको सोसेक नेपालका शिक्षा अधिकृत जनक अधिकारीले बताउनुभयो ।

 उहाँका अनुसार  तेस्रो दिन बालबालिकाको स्थितीपत्र तयारी गर्ने सवालहरु र सरोकारवालाको भूमिका विषयक छलफल गरिएको त्यस्को प्रस्तुती निर्मल अधिकारीले गर्नुभएको बताउनुभयो   । बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागि ५६ वटासुचकहरुका बारेमा छलफल समेत गरिएको थियो । सुचकका बारेमा भगवतीमाई गाउँपालिका सामाजिक विकास शाखा प्रमुख बिकास जिसिले सहजिकरण गर्नुभएको थियो ।

बाललमैत्री स्थानीय शासन भयो भने बालबालिकाले सहज रुपमा हिड्डुल गर्न सुखि, खुशी र सुरक्षित भएको महशुस गर्न सक्ने भगवतीमाई बालसंजालका उपाध्यक्ष आशिष थापाले बताउनुभयो । 

२०८४ सम्म पालिकाले बालमैत्री पालिका घोषणा गर्ने लक्ष्यका साथ लागि परेको र त्यो कसरी गर्ने भन्ने मेसो नपाएको अवस्थामा यस सोसेक नेपाल र यो कार्यक्रमले सहजिकरण गरेकोमा गाउँपालिका अध्यक्ष गणेश  बहादुर थापाले धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने कुरामा प्रस्ट भएको बताउनुभयो । 

 साथै यस वर्ष कार्यान्वयन गर्ने सुचकहरुको प्राथामिकताका बारेमा छलफल समेत गरिएको अधिकारले बताउनुभयो  । उहाँका अनुसार बालबालिकाको लगानी योजना तथ्याङ्क व्यवस्थापन ,सुचकको स्थानीयकरण ,स्थितीपत्र तयारी गर्ने बारेमा छलफल गरिएको थियो ।

 ​​सवालहरुमा बालबिबाह, घरेलु हिंसा, लैंगिक हिंसा, सामाजिक कुरीति जस्ता सवालहरु चुनौतीको रुपमा रहेको शिक्षा अधिकृत अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया