नेल्टा जिल्ला अध्यक्षमा डबल बीसी चयन

नेल्टा जिल्ला अध्यक्षमा डबल बीसी चयन

दैलेख - नेपाल अङ्ग्रेजी शिक्षक संगठन (नेल्टा) दैलेख शाखाको तेस्रो अधिवेशनबाट डबल बीसी सर्वसम्मतीमा अध्यक्ष पदमा चयन हुनुभएकाे छ । शनिबार दैलेख सदरमुकाममा सम्पन्न अधिवेशनले चौध सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको बताइएकाे छ। 

उपाध्यक्षमा धर्मराज खड्का, सचिव डिल्ली लम्साल, सहचिवमा हिक्मत खनाल, कोषाध्यक्ष मनुकुमारी पौडेल, सदस्यमा सविन खड्का, बखत बुढा, हरिप्रिया न्यौपाने, हिक्मत बुढा, जिवनाकुमारी जैशी, अमर बिक, पदम खड्का, दुर्गाकुमारी पौडेल र जमुना दाहल रहनुभएको छ । 

नवनिर्वाचित अध्यक्ष बीसीले अङ्ग्रेजी भाषाको प्रवद्र्धनका लागि शिक्षकको क्षममता विकास, नेतृत्व र सांगठनिक विस्तारको निम्ति दत्तचित्त भई लागिपर्ने बताउनुभयो । नेल्टा दैलेख जिल्ला शाखाको निवर्तमान अध्यक्ष डिल्लिराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रम नेल्टा कर्णाली अध्यक्ष धनिराम शर्माको प्रमुख आथित्यतामा भएको थियो । 

प्रतिक्रिया