जीवन जिउन नजानेकालाई जीवन जिउन सिकाउँछन् शन्तोष

जीवन जिउन नजानेकालाई जीवन जिउन सिकाउँछन् शन्तोष

 

निर्मल अधिकारी 
दैलेख  । जिल्लाको गुराँस गाउँपालिका वडा नं -१ सिमेसाल निवासी २२ वर्षिय शन्तोष खड्काले आफ्नो घर नजिकैका अग्ला डाडाहरु भन्दा अग्ला अरु डाडाहरु देख्नुभएको थिएन  ।

उहाँ बस्ने घरको बार्दलीबाट तलतिर फर्केर हेर्दा देखिने कर्णाली नदिको गहिरो गल्छि भन्दा अझै गहिरो र समथल भुभाग पनि देख्नुभएको थिएन  ।

आँखा वरिपरि देखिने अग्ला डाडाहरु र आफू बसेको भिरालो जमिन बाहेक अरु बेग्लै सन्सार हुन्छ भन्ने सम्म पनि जानकारी नपाएका शन्तोषले प्लेन चढ्नुभयो, २४ घण्टाको लामो यात्रा गर्नुभयो, आफ्नो नजिकै देखिने जमिन भन्दा कयौँ गुणा ठुला र फराकिला फाँटहरु पनि देख्नुभयो । जब उहाँ प्लेनमा आफनो यात्रा गर्दै गर्दा उहाँलाई महशुस भयो कि म जमिन भन्दा धेरै माथि बाट उडिरहेको छु । मेरो घर नजिकैको पहाड भन्दा अग्ला अरु धेरै पहाडहरु रहेछन् ।

शन्तोष शारीरिकरुपमा अशक्त भएकाले उहाँ घरवाहिर कहिल्यै जानुपरेन । उहाँको कम्मर मुनिको भाग चल्दैन् । बाहिर भित्र गर्दा घुडा टेकेर आउने जाने गर्नुहुन्छ  । देव्रेहात चल्दैन् तर पनि उहाँ मोवाइलमा म्यासेज लेख्न सक्नुहुन्छ । बोल्न सक्नुहुन्छ तर, बोलि क्लिएर छैन् । उहाँले बोलेको कुरा राम्रो सँग बुझ्न सकिदैन् । उहाँसँग “क” वर्गको अपाङ्गता परिचय पत्र छ ।  

उहाँका बुबा आमाले शन्तोषलाई बोकेरै घर भित्र बाहिर गर्ने गर्नुहुन्थ्र्योे । त्यतिखेर उहाँ ३ वर्ष पुगेका बेला देखि नै उहाँलाई आफु शारीरिक रुपमा कमजोर भएको जानकारी भयो । भाईवहिनीसँग झोला बोकेर विद्यालय जान उहाँलाई रहर लागथ्यो । आफनो उमेरका साथीहरुले चौरमा खेलिरहेको देख्दा ति खुट्टा नभएर पखेटा भै दिए हुन्थ्यो भन्ने सोच्थे । जहाँ उडेरै पुग्न सकियोस । मनमा वहकिएका कल्पनाहरुलाई हावामा उडाउदै उहाँ त्यही बार्दलीबाट एकोहोरो मात्र हेर्नुहुन्थ्यो जहाँ कर्णालीको गहिरो खोँच र घर पारिपट्टीको पहाड मात्र देखिन्थ्यो । 

उहाँको पढाईप्रतिको रुचि र केही गर्नुपर्छ भन्ने ईच्छा शक्ति देखेर सोसेक नेपालले घरमै शिक्षकको व्यवस्था गरी पढने वातावरण तयार ग¥यो । एक जना शिक्षकले एक वर्ष सम्म उहाँलाई घरमै पढाउनुभयो । विद्यालयले घरमै परिक्षा लिने व्यवस्था ग¥यो । घरमै पढेर उनले कक्षा ९ सम्म अध्ययन गर्नुभयो । उहाँलाई माथिल्लो कक्षा अध्ययन गर्ने रहर त थियो तर त्यो सम्भावना भएन्', 'उहाँले भन्नुभयो, माथिल्लो कक्षामा विषयहरु अप्ठेरा धेरै मेहेनत गर्नुपर्ने अनि स्वास्थ्यले पनि साथ नदिने । गुरुविना शिक्षा प्राप्त गर्न मुश्किल भएकाले इच्छा भएर पनि माथिल्लो कक्षा अध्ययन गर्न सकिन ।'

कोरोना भाईरस (कोभिड -१९) का कारण लकडाउनको समय थियो । मान्छेको आवात जावत सबै बन्द । त्यतिखेर देखि अनलाईन कक्षाहरु सञ्चालन गरिए । सूचना, प्रविधिमा रुचि राख्ने शन्तोष यस्तै एउटा अनलाईन मार्केटिङ्गमा जोडिन पुग्नुभयोे । दिन दिनै उनी जुम बैठकहरुमा सहभागी हुन्थे । एउटा सानो गाउको एउटा घरमा बस्ने शारीरिक अपाँगता भएको युवा देशभरीको ठुलो नेटवर्कमा जोडिन पुग्यो । 

अनलाईन बैठकहरुको नियमित अभ्यासले गर्दा उनको उचाई थपिदै गयो । सम्पर्क बढदै गयो । अनलाईन मार्केटिगको पहिलो लेवल पार गरेपछि उहाँलाई सम्मानका लागि काठमाण्डौ जाने अवसर मिल्यो । घरदेखि कोहलपुर सम्म एक्लै जानुभयो । त्यहाँका साथीहरुसँग जोडिएपछि काठमाण्डौ पुगेको उहाँ बताउनुहुन्छ ।

सयौँ जना व्यवसायिक व्यक्तिहरुलाई सकारात्मक मोडिभेसन दिनुभयो । जोसँग जिवन जिउनका लागि सबै श्रोत साधन र शारीरिक उर्जा छ त पनि उत्कृष्ट जिवन जिउन सकिरहेका छैनन् त्यस्ता व्यक्तिहरुलाई गुणस्तरीय जिवन कसरी जिउन सकिन्छ भनेर सिकाउनुभयो । आफुले प्राप्त गर्ने अपाँगता भत्ता जोगाएर उनी गाडीमा काठमाण्डौ पुगे र प्लेनमा फर्किनुभयो  । 

उहाँको आफ्नै कम्पनी ‘शन्तोष प्रत्यक्ष विक्रि प्रणाली’ दर्ता समेत गरेको छु', 'उहाँले भन्नुभयो, मेरो कम्पनी दर्ता गर्न सोसेक नेपालले २० हजार दिएर सहयोग ग¥यो । अहिले त्यहि कम्पनी मार्फत अनलाईन मार्केटिग गरिरहेको छु ।' 

अहिले मान्छेहरुले खाद्यान्नको नाममा विभिन्न विषादीहरुको प्रयोग गरिरहेका छन् त्यो विषादीबाट कसरी मुक्त गर्न सकिन्छ र न्यून आए हुनेहरुको लागि रोजगारको सिर्जना कसरी गर्न सकिन्छ भनेर सोचीरहेको समेत उहाँले बताउनुहुन्छ । 

जो मान्छे म केही गर्न सक्दिन भन्छन त्यस्ता मान्छेहरुलाई सकारात्मक सोचको विकास गर्न सहयोग गर्छु, उहाँले भन्नुभयो',  'जसको हात खुट्टा चल्दैन त उसले गरिराछ तर हामी किन गर्न सक्दैनौ भनेर उ मोटिभेट होस भन्ने चाहान्छु ।'

आफ्नै जिन्दगी देखि हार खाएका शन्तोषले पटक पटक आत्महत्या गर्ने प्रयास पनि नगर्नुभएको होइन । अहिले अरुको आत्महत्या भएको घटना सुन्दा उहाँलाई लाग्छ यहाँ धेरै जनाले न जिन्दगी बुझेका छन् न उनीहरुलाई जीवन जिउने कला थाहा छ',उहाँ भन्नुहुन्छ, ' हामीले जिवन जिउने कला सिकाउन सक्यौ भने धेरै जनाको जिन्दगी अर्थपूर्ण भएर बाच्ने छ । म त्यो बाटोमा छु, मैले विताईरहेको जिन्दगी देखेर हजारौ अरु मान्छेहरुलाई जिन्दगी जिउनका लागि प्रेरणा मिल्नेछ ।'

उहाँ धन र सम्पत्ति ५ प्रकारका भएको बताउनुहुन्छ  । आर्थिक सम्पत्ति (पैसा र सम्पत्ति),  सामाजिक धन (प्रतिष्ठा र लोकप्रियता),  समयको धन (स्वतन्त्रता),  भौतिक धन (स्वास्थ्य र जीवन शक्ति), आध्यात्मिक धन (मनको शान्ति,आत्म सम्मान)  । 

उहाँ भननुहुन्छ, 'कतै तपाई हामी १ र २ को लोभमा ३,४ र ५ का महत्वपूर्ण सम्पति गुमाउने गरी काम गरिरहेका वा पेशा अपनाईरहेका त छैनौं  ।'

प्रतिक्रिया