फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
![फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय](https://snowberry.prixacdn.net/media/gallery_folder/Home-ministry_hLtmpH1lkQ_qqpuoogq7585k5tssiacgqvi3g5vkrjc7uvuww9kgvgmnfgqc2ncj4sf4pod_UAF5PcnVBg_2myo8kynqi1ghssssgoxfqpa7mverb9fsgmkbuelsfn1i1ajoldic7qqiuxd.jpg)
काठमाडौँ - गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित उक्त दिन बिदा कायम नरहेको बताउनुभयो ।
सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया