होटलमा आगलागी हुँदा ३० लाखको क्षति

होटलमा आगलागी हुँदा ३० लाखको क्षति

सुर्खेत -   सुर्खेतको वीरेन्द्रनगरमा रहेको होटेल नमस्ते नेपालमा आगलागी भएको छ । आज बिहान खाना पकाउने समयमा ग्याँस लिक भएर लागलागी भएको हो ।

आगलागीका कारण करिब ३० लाख बराबरको क्षति हुन पुगेको होटेलका म्यानेजर हेमराज रावतले बताउनुभएको छ  ।

आगलागीबाट भान्सामा भएका सामानहरु जलेर नष्ट भएको उहाँको भनाइ छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।  घटनालगत्तै वीरेन्द्रनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक योगेन्द्र सिह थापाले बताउनुभयो ।

प्रतिक्रिया