होटलमा आगलागी हुँदा ३० लाखको क्षति
![होटलमा आगलागी हुँदा ३० लाखको क्षति](https://snowberry.prixacdn.net/media/gallery_folder/fire-1_uGlSw4uQwQ_g9qelixxmeewairaguf5xgid6lvpd02ozup7b3jz8kbsrviuzfcmyxlkrzop_S05jXf6VOB_1adffddixpuht0u7todbnrexkhswxacecgytlp9s4alqr9rrluqb6ozbqowi.jpg)
सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा रहेको होटेल नमस्ते नेपालमा आगलागी भएको छ । आज बिहान खाना पकाउने समयमा ग्याँस लिक भएर लागलागी भएको हो ।
आगलागीका कारण करिब ३० लाख बराबरको क्षति हुन पुगेको होटेलका म्यानेजर हेमराज रावतले बताउनुभएको छ ।
आगलागीबाट भान्सामा भएका सामानहरु जलेर नष्ट भएको उहाँको भनाइ छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । घटनालगत्तै वीरेन्द्रनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक योगेन्द्र सिह थापाले बताउनुभयो ।
प्रतिक्रिया