दैलेख : विकासका लागि सम्वाद

दैलेख : विकासका लागि सम्वाद

दैलेख – जिल्लाको विकासमा गुणस्तरीयता र सुशासन अभिबृद्धिका लागि जिल्ला स्तरीय विकासका लागि सम्वाद कार्यक्रम गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको उक्त कार्यक्रम विकासका लागि सहकार्य र समन्वय बढाउन आयोजना गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले बताउनुभयो ।

जिल्लाबाट निर्वाचित संघीय संसद तथा प्रदेशसभाका साँसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, दैलेखका विकास आयोजनाहरुका प्रमुखहरु, सरकारी कार्यालय, विकास कार्यक्रममा सहकार्य गरिरहेका विभिन्न निकायहरुको समेत सहभागिता रहेको थियो । 

विकास कार्यक्रमको प्रगति समीक्षा गर्नुसंगै विकास गतिविधि सञ्चालनमा देखिएका कठिनाई, चुनौती र समाधानका उपाय विषयमा विचार विमर्श भएको थियो । कार्यक्रम महत्वपूर्ण भए पनि विचार मन्थन गर्न एक दिन समय अपूग भएको धेरैको भनाई थियो । यस्ता छलफल निरन्तरता जरुरी रहेको सहभागीहरुको टिप्पणी छ । 


 

प्रतिक्रिया