पार्टीको नीति प्रस्तावमा महिला नीति समावेश गर्न ध्यानाकर्षण

पार्टीको नीति प्रस्तावमा महिला नीति समावेश गर्न ध्यानाकर्षण

काठमाडौँ -  नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले पार्टीको नीति प्रस्तावमा महिला नीति समावेश गर्न नेतृत्वालाइ ध्यानाकर्षण गराएको छ ।

सोमबारबाट सुरु हुने पार्टीको महासमिति बैठकमा पेश हुने राजनीतिक प्रतिवेदनमा समावेश गर्ने गरी विभागले पार्टीमा महिला सदस्यहरुको समावेशिता र समान अधिकारको मागसहित नेतृत्वको ध्यानाकर्षण गराएको हो ।

पार्टीको केन्द्रीय समिति बैठक बस्नु अघि बिहिबार सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ को संयोजनमा पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाइएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताउनुभयो  ।

कांग्रेस महिला विभागको १० बुँदे ध्यानाकर्षण पत्रमा नेपाली कांग्रेसको हरेक संरचना अन्र्तगत केन्द्रदेखि टोल/वडासम्म पदाधिकारीमा न्युनतम ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने मागहरु रहेको छन् । 

त्यस्तै  शिक्षा र रोजगारीलाई सिपमुलक बनाई आयआर्जनमा बढी भन्दा बढी सहभागिता गराउनुपर्ने, स्वास्थ्य, प्रजनन स्वास्थ्य तथा मातृत्व स्वास्थ्यमा पहुँचका लागि विशेष नीति बनाउनुपर्ने लगायतका मागहरु रहेको नेपाली कांग्रेस केन्द्रिय सदस्य सिता कुमारी रानाले बताउनुभयो ।  

यस्तो छन् १० बुँदे माग

१. संसारमै  पहिलो ग्यास र प्रेट्रोल एकै ठाउँमा भएको दैलेखको प्रेट्रोल उत्खनन बारे नेपाली कांग्रेसले आफ्नो मुल ऐजेन्डा बनाएर देशलाइ आर्थिक सबलिकरणमा टेवा पुराउनु पर्दछ ।

२. शिक्षक लाइ अब नेपालि कांग्रेसले राजनिति गर्न दिने वा नदिने कुरामा स्पष्ट गराउनु पर्ने ।

३.  महिला हरुलाइ भुगोल र कलस्टर बमोजिम समानुपातिक र समावेशि तवरले जुन ठाउँबाट प्रत्यक्ष फास्ट्रायाक बाट समस्याको  सुनुवाइ हुनेकुरा र नीति नियममा आवाज बुलन्द गर्ने कुरालाइ सहि ढंगबाट प्रयोग गर्ने हिसावले  आरक्षण गर्नु पर्छ ।

४.  प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने ।

५.  स्थानीय तहतर्फ, जिल्ला, समन्वय समिति, पालिका, प्रमुख रउपप्रमुखमा ५०/५० प्रतिशत तथा वडा अध्यक्षमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने ।

६.  गरिबीको रेखामुनी रहेका महिलाहरुको आर्थिक, सामाजिक स्तर बढाउनका लागि विशेष नीति अवलम्वन गर्नुपर्ने ।

७.  शिक्षा र रोजगारीलाई सिपमुलक बनाई आयआर्जनमा बढी भन्दा बढी सहभागिता गराउनुपर्ने ।

८. स्वास्थ्य, प्रजनन स्वास्थ्य तथा मातृत्व स्वास्थ्यमा पहुँचका लागि विशेष नीति बनाउनुपर्ने ।

९.  स्वरोजगारको माध्यमबाट महिलाहरुको आय आर्जन बढाई आर्थिक क्षमता वृद्धि गर्ने नीति बनाउने तथा गृहीणी महिलाहरुको श्रमलाई राष्ट्रिय आयमा जोड्दै लक्षित समुहलाई परिणाममुखी बनाउने नीति तर्जुमा गर्नु पर्ने ।

१०.  महिलाविरुद्ध हुने सबै प्रकारका हिंसालाई दण्डनीय बनाउने तथा विभेद र असमानतालाई अन्त्य गरी समतामुलक समाजको सृजना गर्ने नीति बनाउने ।

प्रतिक्रिया