मौसमः आंशिक बदली एवं हल्का वर्षाको सम्भावना
![मौसमः आंशिक बदली एवं हल्का वर्षाको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_SfHOJnTevQ_1wt0qzhsewgzqgxtk843yobdp1jzhyufc4zn3s509kmekiveexedjgucenu7_pHOfwbWM8R_w666vkuk8hsjaf8ycqhwrjkulqrney3oovvhkwr5uolilgjgfguhv0qvgksz_AI83bi7cLo_0tiiv60cky9rkwuz3vwf8m33iyoq93ozyzacktinrij5vdmjcmf6bxry87ke_gwZoDyahrn_nh3k9adwubqq1senojmf3sviwhukc6hyo1kcam4prwddopf0q6itaso9cikk_WVBpCXHa95_5u9clz7vuqpdrgx62dzpxikban6bj4fjl1ezpr3fibijfhfmd7ud0r37od1l_LIqicsiLcz_hqxhmk8orzg8pnybouca96fshjkwbxmr4t6lfw9b5wkefqt9mqx5d3z9qdix_30KlZN7Yoy_8i111r9wrumj5tcdbx0t3tff5cdxukvvbqvjybtsl50nxqu977qkzvx16den.jpg)
काठमाडौँ - हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ जसका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको केही स्थानमा तथा मुलुकका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । आज काठमाडौँको अधिकतम तापक्रम २१ दशमलव पाँच र न्यूनतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस रहने छ ।
प्रतिक्रिया