साफेबगरमा एक सय ४४ वर्षपछि कोटिहोम हुदै

साफेबगरमा एक सय ४४ वर्षपछि कोटिहोम हुदै

अछाम - साफेबगरको वैद्यनाथ धाममा बिहीबारदेखि १६ दिन लामो कोटिहोम लाग्ने भएको छ । साफेबगर नपा–१ स्थित वैद्यनाथ धाममा एक सय ४४ वर्षपछि हुन लागेको कोटिहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने तयारी छ ।

फागुन २५ गतेसम्म चल्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल हेलिकप्टर मार्फत वैद्यनाथ धाम पुग्ने मूल आयोजक सिमितिले जनाएको छ । विहान ११ बजे कोटिहोम (महाकुम्भ)को विधिवत् रूपले उद्घाटन गर्नुहुने कार्यतालिका छ ।

वैद्यनाथ नेपालका चार धाम मध्येको एक धाम मानिन्छ । यो पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया