अन्तर्राष्टिय सन्धि तथा संस्था समन्वय उपसमितिको सदस्यमा थापा
काठमाडौँ - सोसेक नेपालका कार्यकारी निर्देक हीरासिंह थापा अन्तर्राष्टिय सन्धि तथा संस्था समन्वय उपसमितिको सदस्य चयन हुनुभएको छ । बाल अधिकार परिषदले बिहीवार नयाँ उपसमिती चयन सँगै भैरवी गाउँपालिका २ दैलेख स्थित बाल अधिकारकर्मी तथा समाजसेवी थापालाई सदस्यमा मनोनित गरेकोे हो ।
बालबालिका सम्बन्धि नियमावली २०७८ को नियम ७९ बमोजिम राष्टिय बालअधिकार परिषदले नयाँ उपसमिति चयनसँगै थापा सदस्यमा मनोनित हुनुभएको हो । महिला बालबालिकाको क्षेत्रमा लामो समय योगदान गर्दै आउनुभएको थापालाई बाल अधिकार प्राणाली सुदृढ बनाउन उपसमितिको सदस्य तोकिएको बताइएको छ ।
अन्तर्राष्टिय सन्धि तथा संस्था समन्वय उपसमितिको संयोजकमा रोशना खड्का, सदस्यमा प्रकाश कोइराला, कपिल अर्याल, हीरासिंह थापा, ललिता तामाङ्ग सहित पाँच सदस्यीय उपसमिती चयन भएको बताइएको छ ।
प्रतिक्रिया