अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता
![अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/npl_uymtBVLiNO_goyg2cq1qz6idyrrhwe7gmboqkxnd8vrcxywvjzjateojjzqso00hbaiax3u_f9q2CpBPVF_coa5pfiynlad3k8kfzzmw2zmhk5asxscprz1qzpuezpclb0kfdwroomqkgym.jpg)
काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।
अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो ।
“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उहाँले भन्नुभयो, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।”
प्रतिक्रिया