चाैबीस हजार भन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने

चाैबीस हजार  भन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने

दैलेख - जिल्लामा नौ महिनादेखि पाचँ वर्ष उमेर समूहका २४ हजार ५ सय ८१ जना बालबालिकालाई तीन चरणमा दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । दादुरा–रुबेला रोगबाट जोगाउने र बाल मृत्यु दर घटाउने उद्देश्यले दादुरा–रुवेला विरुद्धको खोप लगाउने कार्यक्रम तय गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । 

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले दादुरा–रुबेला खोप अभियानमा नारायण नगरपालिकामा दुई हजार एक सय ७, दुल्लु नगरपालिकामा तीन हजार सात सय ४४, चामुण्डा नगरपालिकामा दुई हजार आठ सय २२, आठबीस नगरपालिकामा तीन हजार तीन सय ६९ बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने योजना रहेको बताउनुभयो ।

त्यसैगरी ठाटीकाँध गाउँपालिकामा दुई हजार ५१, भैरवी गाउँपालिकामा एक हजार सात सय ३६, महाँबु गाउँपालिकामा एक हजार सात सय ४३, नौमुले गाउँपालिकामा दुई हजार १५ जना, भगवतीमाई गाउँपालिकामा एक हजार आठ सय ३५, डुङ्गेश्वर गाउँपालिकामा एक हजार दुई सय ४६ र गुराँस गाउँपालिकामा एक हजार नौ सय १३ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य छ ।

स्वास्थ्य सेवा कार्यालयले खोप अभियानमा दुई सय ५० खोपकर्मी, ९० जना स्वास्थ्य चौकी इन्चार्ज र पाँच सय स्वयंसेवक परिचालन गरिने छ । यो अभियान फागुन १३ गतेदेखि २३ गतेसम्म चल्ने छ । बालबालिकाका लागि दादुरा–रुवेला विरुद्धको खोप लगाउदा बालबालिकाहरुमा स्वास्थ्य समस्या देखिएमा तत्काल उपचार तथा सहायता गर्न आपत्कालिन उद्धार टोली तयारी अवस्थामा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख डा. धर्मराज रेग्मीले जानकारी दिनुभयो । 

प्रतिक्रिया