पढाई खर्च जुटाउन तरकारी खेती
निर्मल अधिकारी
दैलेख । उमेरले २ दशक भन्दा बढी गुराँस गाउापालिका वडा नं २ कि जानकी पुनले आफ्नो पढाई खर्च जुटाउन तरकारी व्यवसाय गर्दै आएकी छन । अहिले उनी स्नातक तह अध्ययन गर्छिन् । बालविवाह विरुद्धकि सामाजिक अभियान्ता जानकीले स्नातक तहको अध्ययन पुरा गर्न र घर खर्च जुटाउन तरकारी व्यवसाय शुरु गरेकी हुन ।
उनले १ हजार भन्दा बढी किशोरकिशोरीलाई बालविवाहबाट हुने असर र कलिलो उमेरमै विवाह गर्दा हुने कानुनी झमेलाको बारेमा अभिमुखिकरण गरेकी छन् । अविवाहित जानकीले आर्थिक र शैक्षिकरुपमा सफल नभए सम्म विहे नगर्ने निधो गरेकी छन् ।
उनका बुबाको आफनै कृषि खेती छ । दाई भाईहरुको पनि आफनै रोजगारी छ । पढाई खर्च जुटाउनकै लागि उनले छुट्टै तरकारी खेती गर्नुपर्ने बाध्यता थिएन् । केही नयाँ र सृजनात्मक सोच राख्ने जानकीले आफनो खर्च आफै जुटाउनका लागि व्यवसायीक तरकारी खेती गर्ने योजना बनाएकी हुन ।
उनको घर नजिकै बारीमा पानीका मुहान थिए जस्ले गर्दा सिचाईको असुविधा थिएन् । बुबाको कृषि खेती त थियो तर व्यवसायीक र आधुनिक थिएन् । उनले, त्यहि खेतीलाई व्यवसायीक र आधुनिक बनाउने सोच बनाईन् । अलि फरक तरिकाले काम गर्दा आफ्नो जिवनस्तरलाई सुधार गर्न सकिन्छ भन्ने उनलाई राम्रोसँग जानकारी थियो । त्यहि तरकारी खेतीबाट कम लगानीमा धेरै प्रतिफल कसरी प्राप्त गर्न सकिन्छ भनेर सोचिरहन्थिन ।
आधुनिक र व्यवसायीक रुपमा तरकारी खेती गर्न त्यति धेरै सजिलो भने थिएन् । आधुनिक बिऊ, प्राविधिक ज्ञान, उपयुक्त प्रविधि र सीपको उनलाई अभाव थियो । गाउमै केही गर्न सकिन्छ भन्ने सोच बनाएका १८ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सोसेक नेपालले जिवन उपयोगी सीप सम्बन्धी तालिम दियो । व्यवसायीक योजना निर्माण गर्न सिकायो । व्यवसायीक योजना निर्माण गरी कृषि खेतीका लागि श्रोत कहाँ पाईन्छ र कसरी प्राप्त गर्न सकिन्छ भन्ने जानकारी दियो । त्यसपछि उनले व्यवसायीक योजना निर्माण गरिन् र कृषि खेतीका लागि सोसेक नेपालबाट ४० हजार अनुदान प्राप्त गरिन् ।
उनले प्राप्त गरेको अनुदानबाट वेमौसमी तरकारीको लागि टनेल, सरल थोपा सिचाई र अन्य आवश्यक कृषि सामाग्रीको खरिद गरिन । उनको बुबाले गर्दै आएको पुख्र्यौली पेशा कृषिलाई उक्त सामाग्रीले आधुनिक बनाउन सहयोग ग¥यो । पहिला उत्पादन गरेको तरकारीले घरमा खाना पुग्दैन्थ्यो । आधुनिक प्रविधिको प्रयोगले व्यवसायीक तरकारी खेती गर्दा बार्षिक १ लाख भन्दा बढी आम्दानी भयो ।
स्थानीय बजार नजिकै भएकाले तरकारी विक्रि गर्न समस्या थिएन् । उनले उत्पादन गरेको तरकारी बारीबाटै विक्रि गर्ने गर्थिन ।
जिवन निर्वाह गर्ने अर्काे विकल्पका रुपमा तरकारी व्यवसाय गर्न लागेको बताउने जानकी भन्छिन् घरको गर्जाे टार्न र पैसा कमाउनका लागि विदेशनै जानु पर्छ भन्ने बाध्यता केही छैन् । उनले थपिन्, अहिलेका युवा युवतीहरु नकारात्मक सोचको विकास भयो । घरको काम सबै बाबु आमाले गर्दिनुपर्छ भन्ने सोचाईले गर्दा न उनीहरुले पढाई निरन्तरता दिन सके न आर्थिक समृद्धि प्राप्त गर्न सके । कृषिमा युवाहरुको आकर्षण नभएकाले कृषि योग्य जमिन बाझै भएको र गाउँमा युवा देख्न नसकिने उनको भनाई थियो ।
व्यक्ति आत्मनिर्भर भए परिवार आत्मनिर्भर बन्न सहयोग पुग्ने भएकाले तरकारी खेतीबाट आफनो खर्च आफै जुटाउने गरेको जानकी बताउछीन । उनले थपिन, म पढाई सँग सँगै सामाजिक कार्यमा पनि सहभागी हुन्छु । जातियरुपमा जनजातिहरुले भोग्दै आएका समस्या र उत्पडिनका बारेमा बताउछु । म जहाँ जहाँ जान्छु मेरो खर्च मेरो बुबाको कमाईले पुग्ने थिएन् । मैले घरमा पनि केही नगरेको भए न मेरो पढाई निरन्तरता हुने थियो न मेरो सामाजिक कार्य सफल हुनेथियो । आज मेरो पहिचान मेरो लगनशिलता र मेहनतले प्राप्त गरेको सफलता हो ।
उनको उमेरका धेरै साथीहरुले विहे गरीसके तर उनको विहे गर्ने उमेर अझै पुगेको छैन् । उनले थपिन्, कानुनले तोकेको उमेर २० वर्षमै गर्नुपर्छ भन्ने केही छैन् । अब उमेर पुगेपछि विहे गर होईन् जिन्दगीमा सफल भए पछि विहे गर्नुपर्छ भन्ने शन्देश दिन आवश्यक भएको जानकीको भनाई थियो ।
प्रतिक्रिया