गठबन्धन सरकारको निरन्तरता रहन्छ : कांग्रेस सभापति देउवा
![गठबन्धन सरकारको निरन्तरता रहन्छ : कांग्रेस सभापति देउवा](https://snowberry.prixacdn.net/media/gallery_folder/deuwa_jF55aka1Ae_mthrqsadzfk2ooaywlh3pm9j5ckjubsr4rqp66rrnc3hfbdmqepubl5uaqvv_MuWMSlEPwR_rpcvyuzvfgwsciceioaehjoynkoxvjiqx5xjdxst94rqgzbjhz7cgdyzwrmm.webp)
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकार निरन्तरता रहने बताउनुभएको छ ।
शुक्रवार भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन सरकार कायमै रहने र आगामी पर्यटन विकास यही सरकारले गर्ने पनि बताउनुभयो । ‘यो गठबन्धन सरकारको निरन्तरता रहन्छ, देउवाले भन्नुभयो, ‘यो सरकार पूर्ण रूपमा जान्छ र अर्थतन्त्रको विकासमा यही सरकारले काम गर्छ ।’
प्रतिक्रिया