फागुन २१ गतेको बैठकमा जवाफ दिन सभामुखको सरकारलाई निर्देशन
![फागुन २१ गतेको बैठकमा जवाफ दिन सभामुखको सरकारलाई निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/devraj_YeK9Jac6m1_qjdrb02d0xyt8fhonbshgc5f7tw3vgrcnlpgarpcdlf7kmswl8bhxihaiiqg_Va4kRyhg7N_ktl4vecfsihluw7ypf10wzk9sadxo4v37jkbv2dtglxxm4ouaa5rfcns6twk_8XPU8CW1mW_fklsraaahtbiltlbfqyde9mgtswxfvqyiosftyxisqgm9j9circ8jl1cbq1h.jpg)
काठमाडौँ - सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाउनुभएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिनुभएको हो । बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
यसअघि पनि सांसदहरुले बालकुमारी घटना, भ्रष्टाचारका आरोप लागेका मन्त्री हटाउनुपर्नेलगायत विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आउनुभएको थियो । सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिन सभामुखले रुलिङ गर्दै आउनुभएको थियो । -
प्रतिक्रिया