पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढदो
![पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढदो](https://snowberry.prixacdn.net/media/gallery_folder/tourist_2ltYyQY9JS_y0eeedhjocz69vbhbb0cq2hgdqlwasocxthahgnnzcawadz7dsjtr8yjr04d_xFAw2jVre1_bb885i6ccsftn76jflayct6ssdwo9exqtsnp3rrpwoxswepkxejo7g6ecesw.jpg)
काठमाडौंं - पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् ।
गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् । यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय ७८ पर्यटक रहेका छन् ।
चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६ सय ८४ जना नेपाल आएका हुन् ।
प्रतिक्रिया