आजको मौसम : वर्षा र हिमपातको सम्भावना
![आजको मौसम : वर्षा र हिमपातको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_SfHOJnTevQ_1wt0qzhsewgzqgxtk843yobdp1jzhyufc4zn3s509kmekiveexedjgucenu7_pHOfwbWM8R_w666vkuk8hsjaf8ycqhwrjkulqrney3oovvhkwr5uolilgjgfguhv0qvgksz_AI83bi7cLo_0tiiv60cky9rkwuz3vwf8m33iyoq93ozyzacktinrij5vdmjcmf6bxry87ke_gwZoDyahrn_nh3k9adwubqq1senojmf3sviwhukc6hyo1kcam4prwddopf0q6itaso9cikk_UgYpc2hLsU_g7hlap44bmsnngxpcrmk8miq2q2tuper9ne5lq0j6hogebre3r02vvadime8_g0Vshc96XS_bnqoikyhkdacplglm9opsjp2ke5yokvajbrbyh4csahpkc4czsm80wpx8bdk_8wolvPIgx9_oblmq6z1x5gawsq0eh2fbvsbvsg6rmzkmagpjxfdoafpvbkgmvsvuq6yhka7.jpg)
काठमाडौँ - हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनीसहित बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया