आफ्ना मन्त्रीहरूलाई मन्त्रालयबाट बिदा हुन नेकपा एसको निर्देशन

आफ्ना मन्त्रीहरूलाई मन्त्रालयबाट बिदा हुन नेकपा एसको निर्देशन

काठमाडौं -  नेकपा एकीकृत समाजवादीले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ। प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएपछि अन्योलमा रहेको नेकपा एसले नयाँ मन्त्रीको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको हो ।

सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले भन्नुभयो, ‘प्रधानमन्त्रीले हाम्रा मन्त्रीजीहरूलाई के भन्नुभयो त्यो थाहा भएन । तर, हामीले अहिले नयाँ मन्त्रीहरूको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिइसकेका छौं ।’

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एसबाट कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् । त्यस्तै नन्दा चपाईँ भौतिकमै राज्यमन्त्री छिन् ।

प्रतिक्रिया