बसको ठक्करबाट बालकको मृत्यु
![बसको ठक्करबाट बालकको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/deathimage784410-1622018110402-1000x01-0762018112921-1000x0_0UcGghdCcY_6zitue7yxjnfbgnhmbrgnw2x9iud6wwptqw74uuvosu5sg2raqvm5g7nx4xp_a9Rs4KhuUM_6qqc78s19xg8xkzbpprodjros9kd2uk5ftyjc45h8vdabss0lyxez3pef4ad_q9DwVeOggz_ewttjahamqury4ujna51ltqvvglx8ly1eysrjnw8dinnn93ka2lmnswgbibf_Vj1hbWVJQL_lyd4tecqcql5fodiv1rm09nnnenqiyse2nthfj2n3pbr4j0yoepgf3lbbifb_M0Vhxt9E9k_duthzb0wbcobv2lbw2kwjhmb9v0n0xtihrdnvb4zloushjguox4zsquotviu_k43EeU19Z3_6mbgt5dqi31d70nziecd8hg4f8arpwmx6utfvskocxbcvzwvek3tzsmgrckb_A6Dx5eWfzW_lrrzrtgvr1hcdhr5jd7ofisi9tvca5y0ybvejeapkbsdal7bs0o88zlkktrl_uyk6zdXc6z_b9q8yvul5oonapldpdbl0zws9nblobmekxof18ghyfidxf3koaorfujyoykk.jpg)
चितवन- चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए ।
प्रतिक्रिया