सत्ता समीकरण बदलिएसँगै कर्णालीमा कांग्रेस मन्त्रीले राजीनामा दिँदै

सत्ता समीकरण बदलिएसँगै कर्णालीमा कांग्रेस मन्त्रीले राजीनामा दिँदै

सुर्खेत -  केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने भएका छन्।  आज मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा बुझाउने तयारी भइरहेको बताइएको छ । 

केन्द्रमा समीकरण बदलिसकेपछि हामी सत्तामा बसिरहनुको औचित्य भएन,  एक मन्त्रीले भने ,हामी मार्ग प्रशस्त गरिदिन्छौँ । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री रहेका छन् ‌।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । मन्त्री विसीका अनुसार राजीनामा दिएर पत्रकार सम्मेलन समेत गरिनेछ।

प्रतिक्रिया