कर्णालीमा कांग्रेसका तीन मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

कर्णालीमा कांग्रेसका तीन मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ -  कर्णालीमा नेपाली कांग्रेसका तीनजना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा-पत्र बुझाएका छन्। 

सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गरेका कांग्रेसका तीन मन्त्रीले मुख्यमन्त्री शर्मासमक्ष राजीनामा-पत्र बुझाएका हुन्। 

उनीहरूले राजीनामा पत्र बुझाएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता गरिएको पत्रकार सम्मेलनमार्फत बताएका छन् । 

कर्णालीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा बेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी मन्त्री थिए। 

उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए। पत्रकार सम्मेलनका क्रममा उनीहरूले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए ।

प्रतिक्रिया