नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे

नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे

काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने भएको छ । मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका छन् । 

लिखित पत्र भने पठाउने क्रममा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो । 

दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर शपथ ग्रहण हुन लागेको हो ।
 

प्रतिक्रिया