चिर्पटले हानेर एकको हत्या
![चिर्पटले हानेर एकको हत्या](https://snowberry.prixacdn.net/media/gallery_folder/hatyaa_eNmwbmfbBz_i35n6wpyffqxhixrwyadfmjjuunck7tqwqqekhhlbytqwx2m9gfjzhsaiiv1_fr7xEsJLYi_uiidhmxoouuwxrs9imajobe438jkmizec9pvehcd4ruo3brpms1uxtlltibq_wgX4MnS79P_5yqdatqlc8b7nx2df05xhy1w5nnazvjmh7q9ejrjomdhwse2pg2nysyzsbca.jpg)
बाँके - बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका–५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।
पाँचरछ जनाको अपरिचित समूहले मृतक कठरियालाई धारिलो चिर्पट दाउरा प्रहार गरी निर्घात घाइते बनाएको र घाइते कठरियाको उपचारका क्रममा नेपालगञ्ज नर्सिङहोममा राति नै मृत्यु भएको प्रजिअ पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार अपरिचत समूह मृतकको घरमा लुटपाट गर्ने उदेश्यले गएको र सोही क्रममा कठरियालाई चिर्पट प्रहार गरी घाइते बनाएर लुटपाट गरेर फरार भएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रजिअ पोख्रेलले बताउनुभयो ।
प्रतिक्रिया