नगरपालिकाद्धारा पाठ्यक्रम निर्माण गर्ने विज्ञटिमलाई सम्मान

नगरपालिकाद्धारा पाठ्यक्रम निर्माण गर्ने विज्ञटिमलाई सम्मान

काठमाडौँ -  दैलेखको दुल्लु नगरपालिकाले स्थानिय पाठ्यक्रम निर्माण गर्ने विषय विज्ञ टिमलाई सम्मान गरेको छ । हाम्रो संस्कृतिस् हाम्रो परम्पराू निर्माण गरेबापत -४ जना  विषय विज्ञ लाई सम्मानित गरेको हो ।

  सम्मानित हुनेमा नेपाल प्रज्ञा प्रतष्ठानका प्रज्ञा, साहित्यकार दुल्लु नगरपालिका -७ निवासी डा. मधुसुदन गीरी, भैरवी गाउँपालिका -२ हुमेगाउ निवासी साहित्यकार ओम रिजाल,  भैरबी गाउँपालिका ३ कोइराला निवासी लोक साहित्यका विज्ञ नारायण तिमीलसेनालाई सम्मानित गरेको बताइएको छ । 

स्थानीय पाठ्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा, निर्माण समितिको तिमिल्सेना संयोजक, भण्डारी र रिजाल सदस्य रहनुभएको थियो  ।

 स्थानिय पाठ्यक्रमको प्रबोधिकरण कार्यक्रमको क्रमाम सम्मानित गरिएको दुल्लु नगरपालिका को उप प्रमुख बिना कार्कीले बताउनुभयो । सस्कृति संरक्षण मा विज्ञहरुको  मेहेनत को कारण पाठ्यक्रम त्यार भएको र यसले सामाजिक विकसमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । 

प्रदेश सभा सदस्य घनश्याम भन्डारीले पैसाको लागि नभएर पहिचान को लागी तयार परिएको पाठ्यक्रम प्रबोधिक्रणले संस्कृति संरक्षणमा नयाँ ऊर्जा प्राप्त भएको बताउनु भयो । पालिकाले  सम्मानित गर्दा  आफूले गरेको कर्म प्रति गौरव को अनुभूति भएको संयोजक नारायण तिमिल्सेनाले भए ।

 

प्रतिक्रिया