पञ्चेबाजामा महिला आकर्षण

पञ्चेबाजामा महिला आकर्षण

कालिकोट -  कालिकोटको मान्ममा ११४ औं महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पञ्चेबाजा समूहमामा पहिलो पटक महिलाको सहभागिता देखियको छ । यस पहिले जिल्लामा आयोजना हुने बिभिन्न शभा समारोहमा पञ्चेबाजा बजाउनेहरु मा पुरुषको मात्रै शहभागिता देखिने गरेको थियो ।

महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ। सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो। लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा ¥याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको छ । 

यस वर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको हो ।

दिवसको अवसरमा आयोजित ¥याली कार्यक्रममा कालिकोटका महिलाहरु परम्परागत पञ्चेबाजा सहित पहलिोपटक देखिएका थिय । कर्णाली तथा सुदुरपश्चिम क्षेत्रमा धार्मिक कार्यक्रम बिवाह, ब्रतबन्ध जस्ता सामाजीक कार्यमा पुरुष हरुले बाजा बजाउने गर्छन । महिला हरुले पहिलोपटक बाजा बजाउदा समाजमा सकरात्मक प्रभाव परेको अधिकारकर्मि तथा अगुवाहरुले बताएका छन् ।

प्रतिक्रिया