दैलेखको भैरवीमा मनाइयो ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

काठमाडौँ - दैलेखको भैरवी गाउँपालिकामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । महिलामा लगानी सभ्य ,सम्रुन्नत समाजको थालनी भने मुल नाराका साथ भैरवी गाउँपालिकाको आयोजना सोसेक नेपाल, एइआइएन लक्जेम्बर्ग, भैरवी गाउँपालिका महिला तथा बालबालिका शाखा दैलेख, आवाज संस्थाको सहयोग समन्वयमा उक्त कार्यक्रम गरिएको हो ।
भैरवी गाउँपालिका उपाध्यक्ष देवि भण्डारीको अध्यक्षतामा तथा भैरवी गाउँपालिका १ देखि ७ वटै वडाका वडा प्रतिनिधि कार्यपालिका सदस्य विषयगत कार्यलयका प्रतिनिधि, ईलाका प्रहरी कार्यालयका प्रतिनिधिहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
११४ औँ अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा महिलाहरूका हक अधिकारको विषयमा सांस्कृतिक कार्यक्रम र महिलामा लगानी सभ्य समुन्नत समाजको थालनी भने बिषयमा वक्तित्वकला र साँस्कृतिक कार्यक्रमसँगै सडक नाटक समेत गरिएको थियो । सडक नाटक आवाजसंस्थाबाट, मर्यादित महिनावारी घरेलु हिंसा सम्बन्धि सडक नाटक सोसेक नेपालले गरेको थियो । साँस्कृतिक तर्फ भैरवी १ देखि ७ वडाका महिला बालबालिकाको सहभागिता र ७ वटा महिला समूहको सहभगिता रहेको थियो । वक्तित्वकलामा चारवटा टिमको सहभागिता रहेको थियो ।
भैरवी १, २ र ४, ५ बाट सहभागिता रहेको थियो । वक्तित्वकलातर्फ प्रथम हुनेमा भैरवी गाउँपालिका४ का पार्वती थापा, दृतिय भैरवी १ का अस्मिता कुमारी योगी, तृतीयमा शिक्षा शाहि भैरवी गाउँपालिका ५, सन्त्वनामा उमा थापा भैरवी २ रहेका छन् ।
त्यस्तै साँस्कृतिक तर्फ प्रथम सगिता बि.क भैरवी गाउँपालिका १, दृतीय पुष्पा थापामगर भैरबि ७ तृतियमा भैरवी गाउँपालिका ३ का अनिता शाहि, सान्त्वना भैरवी गाउँपालिका ६ का जमुना थापामगर रहनुभएको कृषि प्राबिधिक सम्झना थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया