अभियुक्तको अनुहार र पार्टी होइन, प्रमाण हेर्नु : गृहमन्त्री लामिछाने

अभियुक्तको अनुहार र पार्टी होइन, प्रमाण हेर्नु : गृहमन्त्री लामिछाने

काठमाडौ -   उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले अभियुक्तको अनुहार, पद, प्रतिष्ठा, पहुँच नहेरी प्रमाण हेरेर अनुसन्धान र कारबाही गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

आइतबार विहान प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्न निर्देशन दिँदै त्यसबाट उब्जिने हरेक चुनौतीको सामना आफैं डटेर गर्ने बताउनुभयो ।

‘कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निश्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस्। त्यसबाट उब्जिने हरेक चुनौतीको सामना म आफैं डटेर गर्नेछु।’

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त कुँवरले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रहरीको सांगठनिक संरचना, जनशक्ति परिचालन, समस्या र चुनौतीबारे जानकारी गराउनुभएको थियो  भने त्यसअघि मन्त्री लामिछानेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै वीरगति प्राप्त प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया