चौबन्दी चोलो सिलाउने प्रतियोगिता : मनोज नेपाली प्रथम
दैलेख – सिलाई पेशालाई व्यवसायिक उद्यम गरिरहेकाहरुलाई प्रोत्साहित गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले आयोजना गरकोे चौबन्दी चोलो सिलाई प्रतियोगितामा सहभागी नौ जना प्रतियोगी मध्ये उत्कृष्ट तीन जनालाई कार्यालयले पुरस्कृत गरेको छ । दुई जना प्रतिस्पर्धीमा सहभागी भएनन् ।
प्रतियोगितामा सहभागी मध्ये नारायण नगरपालिका–१ पुरानोबजारका मनोज नेपाली, महाबु गाउँपालिका–१ खरिगैराकी बिन्दू उपाध्याय र भगवतीमाई गाउँपालिका–१ पगनाथकी लक्ष्मी अधिकारीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी पुरस्कार जित्नुभएको छ ।
प्रतियोगितामा बिजेता मध्ये प्रथमलाई एक औपचारिक कार्यक्रममा ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको छ ।
जिल्ला स्तरीय उद्योग प्रवद्र्धन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख नृपजंग शाहीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो ।
तालिम लिई बसेकाहरुलाई सीप व्यवसाय गर्दै गरुँन भनेर कार्यालयले सार्वजनिक सूचना जारी गरी प्रतिस्पर्धीहरुको संकलित आवेदकहरुबीच प्रतियोगिता गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका शाखा अधिकृत पर्शुराम आचार्यले जानकारी दिनुभयो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखबाट तालिम लिई सिलाई कटाई व्यवसाय गरिरहेका प्रतिस्पर्धीहरुको लिखित परीक्षासंगै एउटै नापमा कपडा काट्ने, सिलाउने काम प्रतियोगिता स्थलमै गराइएको थियो ।
जिल्ला स्तरीय उद्योग प्रवद्र्धन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख शाहीको अध्यक्षता बसेको उक्त बैठकले चैत २८ र २९ गते दैलेख सदरमुकाममा जिल्ला स्तरीय दुई दिने औद्योगिक प्रर्दशनीको आयोजना गर्ने निर्णय गरेको छ ।
उद्यमीहरुले तयार पारेका बस्तु, घरेलु उत्पादन, सीप र कला प्रदर्शनीमा राखिने र प्रदर्शनीमा राखिएका बस्तु, सीप र कलाको मूल्यांकन गरी प्रथमलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार तथा प्रशंसापत्र दिइने छ ।
प्रतिक्रिया