कृषकहरुलाई कफिखेती सम्बन्धि एक दिने तालिम सम्पन्न
![कृषकहरुलाई कफिखेती सम्बन्धि एक दिने तालिम सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/22_zjJXfUKS6r_4ujobsalgfbpgladmavpx1ipbqw9kfvkmqrricuektxgj89rfoy2hjjnxlrl_Y4AEUNLbVT_mpqtygmjtdzv7plf9bdmobp0b2ahcnkxrkwgqwmpn8u0qggn14egao9d0d0f.jpg)
दैलेख - दैलेखको दुल्लु नगरपालिकामा अगुवा कृषकहरुलाई कफिखेती नर्सरी सम्बन्धि एक दिने तालिम दिइएको छ । सोसेक नेपालको आर्थिक सहयोग दुल्लु नगरपालिका कृषि विकास शाखाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
दुल्लु नगरपालिकाभित्र रहेका अगुवा कृषकहरुलाई कफि नर्सरी खेतीसम्बन्धि तालिमसँगै बिउ बितरण कार्यक्रम सम्पन्न कृषि प्राबिधिक हिक्मेन्द् माझीले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिका भित्र रहेका नर्सरी उद्योग वाला २० जना अगुवा कृषकहरुलाई कफि खेति नर्सरी सम्बन्धि १ दिने तालिम तथा बीउ वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया