छामघाट खोलामा डुबेर एक युवाको मृत्यु

छामघाट खोलामा डुबेर एक युवाको मृत्यु

सुर्खेत -  दैलेखको छामघाट खोलामा डुबेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका–३, सालपानीका १९ वर्षीय ज्ञानु तिरुवा रहेका छन् ।

दैलेख प्रहरीका अनुसार बुधबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।  प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा ४ जना र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा ५ जनाको टोली खटी मृतकको शवलाई पानीबाट बाहिर निकालिएको थियो ।  अहिले उक्त शव पोष्ट मार्टमको लागि दुल्लु अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया