दैलेखमा एसईईमा पाँच हजार भन्दा बढी परीक्षार्थी, छात्राको संख्या धेरै

परीक्षार्थीको विवरण अनुसार छात्राहरुको संख्या बढी छ । साधारण तर्फ दुई हजार छ सय नौ, प्राविधिकधार तर्फ ६३ र ग्रेडबृद्धि तर्फ एक सय १८ समेत दुई सात सय ९० छात्रा छन् । छात्रहरुको संख्या दुई हजार चार सय ६७ जना छ ।

दैलेखमा एसईईमा पाँच हजार भन्दा बढी परीक्षार्थी, छात्राको संख्या धेरै
सुन्नुहोस्

दैलेख – राष्ट्रिय परीक्षा बोर्डले ताेकेकाे तालिका  अनुसार ​​​​​आज चैत १५ गते बिहीबारदेखि दैलेखका २५ वटै एसईई परीक्षा केन्द्रमा शान्त, मर्यादित र स्वच्छ वातावरणमा परीक्षा सुरू भइसकेकाे शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त इकाई प्रमुख रतनबहादुर बिष्टले जानकारी दिनुभयो । 

जिल्लाभर एक सय ११ विद्यालयका ५ पाँच हजार २ सय ५७ परीक्षार्थी सहभागी रहने परीक्षा मर्यादित रुपमा सञ्चालन गर्न चैत ९ गते एक दिने तालिम दिई केन्द्राध्यक्षहरुलाई आवश्यक सामग्री सहित कार्यक्षेत्रमा खटाइएकाे थियाे ।  

जिल्ला स्तरीय एसईई परीक्षा समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले परीक्षाको सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको र मर्यादित तथा स्वच्छ वातावरणमा सञ्चालन गर्न सबै क्षेत्रको सहयोगको अनुरोध गर्नुभएकाे छ । 

एसईई परीक्षा समन्वय समितिका सदस्य सचिव शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रतनबहादुर बिष्टले नियमित तर्फ चार हजार आठ सय ५५, ग्रेडवृद्धि तर्फ दुई सय ५६ र प्राविधिकतर्फ एक सय ४६ समेत पाँच हजार दुई सय ५७ जना परीक्षार्थीले फाराम भरेको जानकारी दिनुभयो । 

प्राप्त विवरण अनुसार साधारण तर्फ दुई हजार दुई सय ४६ जना छात्र र दुई हजार छ सय नौ छात्रा गरी चार हजार आठ सय ५५ जना परीक्षार्थी छन् । प्राविधिकधार तर्फ ८३ जना छात्र र ६३ छात्रा गरी एक सय ४६ जना एसईई परीक्षामा सहभागी हुदैछन् । त्यसैगरी ग्रेडबृद्धि तर्फ एक सय ३८ जना छात्र र एक सय १८ छात्रा गरी दुई सय ५६ जना परीक्षार्थी छन् ।

परीक्षार्थीको विवरण अनुसार छात्राहरुको संख्या बढी छ । साधारण तर्फ दुई हजार छ सय नौ, प्राविधिकधार तर्फ ६३ र ग्रेडबृद्धि तर्फ एक सय १८ समेत दुई सय ९० छात्रा छन् । छात्रहरुको संख्या दुई हजार चार सय ६७ जना छ । छोरीहरुलाई पनि सबैले पढाउन थालेकोले पछिल्लो समय छात्राहरुको संख्या बढेको नारायण क्याम्पसको उपप्राध्यापक सपना प्रधान थापाको बिश्लेषण छ । 

अघिल्लो वर्ष पाँच हजार सात सय ३५ जना परीक्षार्थी सामेल भएका थिए । यो वर्ष त्यो भन्दा चार सय ७८ परीक्षार्थी कम छन् । जनसंख्याको बृद्धिदर घटेको, गुणस्तरीय शिक्षाका लागि बालबालिकाहरुलाई उतैबाट एसईई दिने गरी सहरी क्षेत्रमा बसालेको कारण पनि विद्यार्थी संख्या घटेको सामाजिक विकास कायार्यालय दैलेखका कार्यालय प्रमुख महेशकेशर खनालको टिप्पणी छ । 

अघिल्लो वर्ष दैलेखमा एक सय ८ विद्यालय एईई परीक्षामा सहभागी भएकामा यो वर्ष चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ओमको मावि ओमकोट, दुल्लू नगरपालिकाको नरेश्वर उद्यमशील मावि नेपा र नौमूले गाउँपालिकाको नेपाल राष्ट्रिय मावि ठानडाँडा गरी तीन वटा विद्यालय पहिलो पटक एसईई परीक्षामा सहभागी हुदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको तालिका अनुसार चैत्र १५ गतेदेखि २३ गतेसम्म साधारणतर्फ र चैत्र १५ गतेदेखि २५ गतेसम्म प्राविधिकधार तर्फको परीक्षा तालिका छ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया