चिसापानी घटना : बेपत्ता युवकको शव टीकापुरमा भेटियो
![चिसापानी घटना : बेपत्ता युवकको शव टीकापुरमा भेटियो](https://snowberry.prixacdn.net/media/gallery_folder/death_hHYP5afzjc_efoutgy7n1yo3a61imumtwcwkomieawbm14bd64le7cfzmzmiq44ehq1wzyz_V44EProSoo_oosuo4rvf6h4fcsosij9ctaqbjueawqfevlel8f1p1tnoccxcu86ihcwupsi.jpg)
कैलाली– चिसापानीस्थित कर्णाली पुलबाट सोमबार नदीमा हामफाल्दा बेपत्ता युवकको शव फेला परेको छ।
चिसापानी पुलबाट हामफालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव टीकापुरको सन्कट्टी घाटमा फेला परेको छ। लम्कीचुहा नगरपालिकाका प्रबक्ता लबबहादुर शाहिले लोकेन्द्रको शव फेला परेको बताउनुभयो ।
सोमवार दिउँसो होलि खेलेर १७ जना युवा पुलबाट नदीमा हाम फालेर पौडी खेलेका थिए। तीमध्ये कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए।
प्रतिक्रिया