डीएसपी लम्साललाई कदरपत्र सहित विदाई

शान्ति सुरक्षा व्यवस्थापन र आमसञ्चार माध्यमसंगको मीत्रवत व्यवहारको उच्च सम्मान गरिएकाे कदरपत्रमा उल्लेख

डीएसपी लम्साललाई कदरपत्र सहित विदाई
सुन्नुहोस्

दैलेख – १४ महिना दैलेखमा प्रहरी इञ्चार्जको रुपमा कार्य सम्पादन गर्ने क्रममा शान्ति सुरक्षा व्यवस्थापन कुशलतापूर्वक सञ्चालन गर्नुभएको भन्दै डीएसपी किशोर लम्साललाई अनलाइन नागरिक वेभले कदरपत्र प्रदान गर्दै विदाई गरेको छ । 

अनलाइन नागरिकका प्रकाशक अभिशेक अनुराग र दैलेखका अग्रज पत्रकार अमर सुनारद्वारा हस्ताक्षेरित कदरपपत्रमा भनिएको छ ‘जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन र आमसञ्चार माध्यमसंगको मीत्रवत व्यवहारको उच्च सम्मान गर्दै कदरपत्र दिइएको छ ।’

त्यसबखत डीएसपी लम्सालले भन्नुभयाे 'मिडियासंगको सहकार्य, राजनीतिक नेतृत्व, पेशा व्यवसायीहरू, नागरिक समाज र दैलेखका नागरिकहरुको सहयोगले आफूले शान्ति सुरक्षा व्यवस्थापन र अमनचैन कायम राख्ने काम सहजै सम्पादन गरेको भन्दै यो सहयोग निम्ति सबैलाई धन्यवाद दिन्छु ।'

यसैबीच कर्मचारी मिलन केन्द्रले पनि आजै डीएसपी लम्साललाई मायाको चिनो सहित संस्थागत विदाई गरेको छ । कर्मचारी मिलन केन्द्रका अध्यक्ष हुलाक अधिकृत निर्मला थापा र मिलन केन्द्रका संरक्षक दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले माला, खादा र मायाको चिनो प्रदान गर्नुभएको थियो । 

विदाई भई जानुभएका डीएसपी लम्सालले आजै सुर्खेतदेखि बुद्ध एयरको जहाजबाट काठमाण्डौं पुगिसक्नुभएको जानकारी दिनुभयो । डीएसपी लम्सालको ठाउँमा प्रहरी प्रधान कार्यालयले डीएसपी सुनिल दाहाललाई खटाएको छ, दाहाल आइतबार मात्र जिल्ला आउने बताइएको छ । 

प्रतिक्रिया