कृषि पाठशाला संचालन गरेर कृषकलाई सिकाइयो झोलमल बनाउन
![कृषि पाठशाला संचालन गरेर कृषकलाई सिकाइयो झोलमल बनाउन](https://snowberry.prixacdn.net/media/gallery_folder/jh6_ZB0knyzgFd_celo3c2bob3ro0wutgucd5mm3dr7jtkyrzutznq0iywdj9ptwf5wdbwt9i8s_8yATfJizqj_eahcvmowy89lalppj9rxu0fgczuwti9xk2qi32da3iiimeesdkn7ycjiotge.jpg)
दैलेख - दैलेखको दुल्लु नगरपालिका वडा न -१ मा कृषि पाठशाला संचालन गरिएको छ । डिसीय नेपालको साझेदारी सोसेक नेपालद्धारा संचालित ग्रिन कर्णाली परियोजना अन्र्तगत कृषकहरुलाई जलवायु उत्थानशिल कृषि पाठशाला संचालन गरिएको थियो ।
जलवायु उत्थानशिल कृषि पाठशाला संचालन गरेर कृषकहरुलाई झोलमल १,२,३ सिकाइएको बताइएको छ ।
कृषकहरूलाई झोलमलको फाइदा बारे थेउरि कलाश समेत संचालन गरेर झोलमल १,२,३ का बारेमा कृषकहरूलाई बनाउन सिकाइएको बताइएको छ ।
रासायनिक विषादीको साटो जैविक विषादी र कम्पोष्ट मलको प्रयोग गर्ने बानीको विकास गर्नका लागि कृषक पाठशाला संचालन गरिएको बताइएको छ । नर्सरी कसरी राख्ने, विरुवा कसरी लगाउने, टनेल निर्माणबारे कृषकलाई सिकाइएको थियो ।
प्रतिक्रिया