भष्ट्राचारी कर्मचारी कर्णालीमा पठाएर डम्पिङ साइट बनाउन खोजिएको हो : सांसद शाही

भष्ट्राचारी कर्मचारी कर्णालीमा पठाएर डम्पिङ साइट बनाउन खोजिएको हो : सांसद शाही

काठमाडौँ  -   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले  अपराधि, भष्ट्राचारी कर्मचारी कर्णालीमा पठाएर कर्णालीलाइ डम्पिङ साइट बनाउन खोजिएको हो भन्दै संसदमा पश्न गर्नुभएको छ । 

आइतवार संसदमा बोल्दै उहाँले भन्नुभयो, 'अस्ति एउटा पत्रिका पढ्दै थिए २०८० माघ २९ गते अरुण चौधरीलाई रिहा गर्ने न्यायाधीश कार्बाहीमा भनेको थियो पछि मुगु सरुवा गरियो के भ्रष्टाचारि , अपराध गर्ने कर्मचारीहरु कर्णाली सरुवा गरेर कर्णालीलाई डम्पिङ साइट बनाएको हो ?? यदि हो भने नेपाल बाट अलग राख्ने हिम्मत राख्नुस हामी दमका साथ लडेर अगाडी बढ्छौ ।' 

कार्वाहीमा परेका न्यायधिस कर्णालीमा पठाएकोमा संसदमा आक्रोस पोख्दै उहाँले भन्नुभयो, 'यदि कर्णालीलाई डम्पिङ साइट बनाउने हो भने नेपालबाट अलग बनाउने हिम्मत राख्नुस । जो कर्मचारी काम गर्न सक्दैन जो कार्वाहीमा पर्नुपर्ने कर्मचारी कर्णालीमा सरुवा गरेर कार्वाही खुवाउने कर्णाली तपाईँहरुको डम्पिङ साइट हो भन्दै संसदमा उनले आक्रोस पोख्नुभयो ।'

साथै उहाँले अब आउने बजेटमा कर्णाली राजमार्ग स्तरोन्नतिका लागि बजेट नछुट्याए सडक र संसदबाट आन्दोलन गर्ने समेत चेतावनी दिनुएको छ  ।

प्रतिक्रिया