स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
![स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau-file-pic_xqtg27v49D_bt83dh3cqcmxag2nnjncstw1k6su0cqvwtdzbguiqkyymqxkwubpzswll1bf_pWaasAStPS_hvvpqmekbgdmjjle0mshyzqr9nkk5pttueazlxpkdicb6zg6qgh1y98evr3x_eMtr2oIGsK_wwihlmuczobg3muuljcicehvvuarj5kz1utdihofkd38uykj6xav93252krl_FqA2aVOVVI_6iiwcazzzhoviegwjk5g7nk9hovm483cjnet5f004vakytvxlidrezxhriui_vUAetrf8y4_rzi91sd5u54b3vst2gj7bjd6hesr2oq8wfq7pkqmqmcquf9dr3ertqwe6e3k_VywNGlgLmO_myexvkwa2s6fkf54avmx3msdn6mupf6xsckxrm7zghe2p6x3jkpjaoeec5aa.jpg)
काठमाडौँ- नेपाल प्रहरीले स्रोत नखुलेको नगद रु १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ का २३ वर्षीय रिसब श्रेष्ठ र ३७ वर्षीय देवेन्द्र न्यौपाने रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले लु२ख ४५३५ नम्बरको बस जाँच गर्ने क्रममा बसका सहचालक रिसबलाई उक्त नगदसहित पक्राउ गरेको थियो ।
साथै थप अनुसन्धानका क्रममा उक्त रकम देवेन्द्र न्यौपानेले काठमाडौँ पु¥याइदिनु भनी श्रेष्ठलाई दिएको खुल्न आएपछि न्यौपानेलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रवक्ता ढकालले बताउनुभयो ।
प्रतिक्रिया