पेट्रोलियम पदार्थ उत्खनन् उपकरणहरु दैलेख पु¥याइयो

पेट्रोलियम पदार्थ उत्खनन् उपकरणहरु दैलेख पु¥याइयो
सुन्नुहोस्

दैलेख पेट्रोलियम पदार्थ उत्खनन् लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख पुगेका छन् । २०७६ असोजदेखि सुरु फागुनुम्म गरिएको अन्वेषणबाट यहाँ पेट्रोलियम पदार्थ भएको पुष्टि भएपछि पछिल्लो समय उत्खनन्का लागि तयारी चरणमा पुगेको हो । 

भैरवी गाउँपालिका –१ जलजलेमा उत्खनन्को लागि अन्तिम ड्रिलिङ सर्वेको कामका लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख पु¥याइएका हुन् । चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा उपकरण बोकेको ३ वटा ट्रक आइपुगेका दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । 

पेट्रोलियम पदार्थ उत्खनन् लागि चीनबाट ल्याइएका उपकरण र उपकरण बोकेका ट्रकहरुको भन्साल राजस्वको विवादले नेपालगन्ज नाका रुपैडियामा झण्डै तीन साता रोकिएकोमा नेपाल सरकारको सहजीकरणपछि दैलेख पु¥याइएको हो ।ड्रिलिङ सर्वेको लागि उपकरणहरु राख्ने फाउण्डेशन तयार भइसकेको छ ।

चीनबाट ल्याइएका पेट्रोलियम पदार्थ उत्खनन् लागि दैलेख लैजान लागिएका उपकरणहरु नेपालगञ्ज भन्सारमा रोकिएको विषयमा प्रतिनिधिसभाका साँसद सीताकुमारी रानाले चैत १ गते संसदको शुन्य समयमा बोल्दै सरकारको ध्यान आकर्षण गराउनुभएको थियो । 

नेपाल सरकारले आफैले चलाएको पेट्रोलियम पदार्थ अन्वेषण जस्तो राष्ट्रिय गौरब आयोजनाको लागि ल्याइएका सामग्री दुई सातासम्म भन्सारमा रोकिनु दुखद कुरा भएको भन्दै भन्सार छुट पाउने चिठ्ठी दिनुपर्नेमा अर्को चिठ्ठीले अलमल परेकोले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्दछु साँसद रानाले भन्नुभयो । 

साँसद रानाले प्रतिनिधिसभामा उठाउनुभएको विषयपछि नेपाल सरकारले नेपालगञ्ज भन्सार कार्यालयमा दिनुपर्ने चिठ्ठी सच्याई पठाएपछि पेट्रोलियम पदार्थ उत्खनन् लागि चीनबाट ल्याइएका उपकरण र उपकरण बोकेका ट्रकहरुको अन्वेषण स्थलमा पुगेका हुन् ।  
 

भैरवी गाउँपालिका –१ जलजलेमा रहेकोको फाउण्डेशनबाट चार किलोमीटर गहिरो ड्रिल गरिने छ ।  ड्रिलिङपछि पेट्रोलियम पदार्थ परिणाम र फैलावट बारे थाहा हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताउनुभयो ।

अन्वेषणका लागि उपकरण ल्याउन कर्णाली राजमार्गको सुर्खेतदेखि दैलेखको साँगेतडासम्म र चामुण्डाविन्दासैनी नगरपालिकादेखि मध्यपहाडी राजमार्गको जलजलेसम्म ४ करोड ३६ लाखमा सडक फराकिलो पारिएको छ । १५ मिटर लम्बाइ र ४० देखि ४५ टनको ठूलो ड्रिलिङ मेशिन ल्याउन सडक फराकिलो पारिएको हो ।

नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो टेल्युरिक सर्वे र जिओ केमिकल स्याम्पलिङ सर्वे गरी ४ वटा सर्वेका काम गरिएको थियो । यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिन मार्फत अन्वेषण सकिसकेको छ । 

पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्वे कम्पनीसँग २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको अधिग्रहण गरिसकेको छ । 
 

प्रतिक्रिया