शान्ति सुव्यवस्था प्रमुख चासो : डीएसपी दाहाल

शान्ति सुव्यवस्था प्रमुख चासो : डीएसपी दाहाल

दैलेखका नयाँ प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले कानूनले दिएको जिम्मेवारी अनुसार शान्ति सुव्यवस्था र अपराध नियन्त्रणमा दत्तचित्त भई जिम्मेवारी निवाह गर्ने बताउनुभएको छ । दैलेखका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा उहाँले भन्नुभयो ‘शान्ति सुरक्षा कायम गर्ने काम कानूनले प्रदत्त गरेको छ, ऐनकानूनको अधीनमा रही काम गर्नेछु ।’

१६ वर्ष अघि प्रहरी इन्स्पेक्टरबाट सेवा थालनी गर्नुभएका डीएसपी दाहाल आइतबार मात्र दैलेख प्रहरी प्रमुखको जिम्मेवारीमा आउनुभएको हो । आवाज विहीनहरुको आवाज बोल्ने मिडियाको कामलाई रामरी बुझेको छु, पत्रकारहरुलाई दिन मिल्ने सूचना समयमा सूचना प्रवाह गर्नेमा आफू प्रतिवद्धता जनाउनुभयो । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजाल, जिल्ला अध्यक्ष यज्ञराज थापा लगायतका पत्रकारहरुले जिल्लामा शान्ति सुरक्षा र सुशासन प्रभावकारी बनाउने विषयमा प्रहरी र पत्रकारहरुको सहकार्यता विषयमा सुझावहरु दिनुभएको थियो ।

ग्रामीण सडकहरुमा सञ्चालन हुने रातो प्लेटका निजी बोलेरोले सार्वजनिक सवारी साधन सरह खचाखच यात्रु बोक्ने गरेको, प्रहरीमा आउने मुद्दामा दलाली गर्नेदेखि सावधानी अपनाउन र लैंगिक हिंसा लगायत विभेद तथा असमानता घटनामा शुन्य सहनशीलता अवलम्बन गर्न पत्रकारहरुले आग्रह गर्नुभएको थियो । 


 

प्रतिक्रिया