कृषि उत्पादन र बजारको प्रवद्र्धन जरुरी : सभापति थापा

कृषि उत्पादन र बजारको प्रवद्र्धन जरुरी : सभापति थापा

दैलेख – संघीय संसद प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले स्थानीय सरकारहरुले सहकारीका भवन बनाइदिने वा अनुदान दिने भन्दा सबै सहकारीहरुको नियमन गर्न सुझाव दिनुभएको छ । 

जिल्ला सहकारी संघ लिमिटेड दैलेखले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजना गरेको सहकारीहरुमा देखिएका समस्या समाधानका लागि स्थानीय सरकार र सहकर्मीहरुवीचको अन्तरक्रिया कार्यक्रममा उहाँले गरिबी निवारणका लागि कृषि उत्पादनमा बढावा र बजारको प्रवन्ध गर्न आग्रह गर्नुभयो ।  

अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभा सदस्य सावित्री मल्लले स्थानीय सरकार विपन्न जनताहरुको जीवनस्तर उठाउनको लागि गठन भएको भन्दै सहकारीहरुको समन्वयका मगर्न आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रिय सहकारी संघ केन्द्रीय सञ्चालन समितिका सदस्य हरिहरनाथ योगीले सहकारीका सञ्चालकहरुले ऋण लिने, आफन्त ऋण दिने, व्यावसायिक योजना नहेरी लगानी गर्ने गरेको कारण सहकारीहरुको ऋण असुली समस्या रहेको उल्लेख गर्दै सहकारी सञ्चालकहरुमा इमान्दारिता र सरकारको तर्फबाट नियमन बढाउनुपर्ने आवश्यकता दर्शाउनुभयो ।

कार्यक्रममा डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर केसीले गाउँगाउँका सहरकारीहरुलाई कृषि क्षेत्रको प्रवद्र्धन गर्न सहकारी संघले प्राविधिक ज्ञान आवश्यक रहेको बताउनुभयो । त्यसबखत गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले गुराँस गाउँपालिका क्षेत्रमा तरकारी खेतीमा भएको प्रगति सहकारीहरुको सहयोग महत्वपूर्ण भूमिका रहेको सुनाउनुभयो । 

जिल्ला सहकारी संघ लिमिटेड दैलेखका जिल्ला अध्यक्ष भूपेन्द्रकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीकर्मीहरुले ऋण डुब्नबाट बचाउने, उत्पादनमूलक क्षेत्रमा लगानी लगायतका सवालमा स्थानीय सरकारसंग सहकार्यताको अपेक्षा राखेका थिए । 

प्रतिक्रिया