कर्णाली नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ
काठमाडौँ - कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले उहाँलाई शपथ खुवाउनुभएको हो ।
कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त हुनुभएको हो । कँडेललाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
प्रतिक्रिया