लिमीका बालबालिकालाई लगाइयो खोप
![लिमीका बालबालिकालाई लगाइयो खोप](https://snowberry.prixacdn.net/media/gallery_folder/dadura-khop_C91VVNvYeo_km6xq7gxaylesuaux14ga2vzc4wiiuvnm25wvieueld9m0f658kfe3q5gsdw_uAVqj28tVZ_upose215diftkfrzyaevr5qvpkdoii22i4xylpb7bcbflcsrwulijmw29s5d_jw90zqsIEp_4alf8k9domjfsbmirv47lynsbfb3vjzgwjsiq99fenhifuagtjmnsmwf4din_t7H4Bii29z_q4z1pyacbgilq6t7sw8dhjl87nkri1lzzl5j8gwfruxrxpauyuytjahkxf9d.jpg)
हुम्ला - जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन् ।
लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो । हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताउनुभयो ।
गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखिमाथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको जानकारी उहाँले दिनुभयो । लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुई जना स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन् ।
प्रतिक्रिया