पाटनमा प्रतिस्थापन कला प्रदर्शनी हुँदै
काठमाडौ । कलाकार मनिषलाल श्रेष्ठले विश्वसम्पदा दिवसका सन्दर्भमा बिहीबार प्रतिस्थापन कला प्रदर्शनी गर्दै हुनुहुन्छ ।
ललितपुरस्थित पाटन दरबार परिसर वरिपरि उहाँले १३ सय ३६ मिटरको धागो प्रदर्शनी गर्न लाग्नुभएको हो । उहाँले सन् २०१७ मै तयार पार्नुभएको ‘प्रोजेक्ट १३३६’ शीर्षकको प्रतिस्थापन कला पुनःप्रदर्शनी गर्न लाग्नुभएको हो ।
दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रम लतिलपुर चेम्बर अफ कमर्शको सहकार्यमा हुँदैछ । लामो रङ धागो प्रदर्शनी गर्नुको पछाडि काठमाडौँको बहुसांस्कृतिक सभ्यता पस्किन खोजेको उहाँले बताउनुभयो ।
“काठमाडौँ विभिन्न कला संस्कृतिका रङले जोडिएको लामो धागो जस्तै हो”, उहाँले भन्नुभयो, “आत्मियता र मित्रवत् समाजको परिकल्पनामा प्रतिस्थापन कला बनाएको छु ।”
प्रतिक्रिया