लुम्बिनीमा एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार

लुम्बिनीमा एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार

रुपन्देही -   लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ  ।  बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुन एक मन्त्री थप्नुभएको छ ।

थपिएका मन्त्री एकीकृत समाजवादीबाट भगवती चौधरी छन् । मुख्यमन्त्रीले यसअघि एमालेका चार र उन्मुक्तिका एक र माओवादीका एक मन्त्री थपेर मन्त्रिमण्डल बिस्तार गरेका उनले समाजवादीबाट एकजना थपेसँगै ११ सदस्यीय बनेको छ । बिहीबार नियुक्त भएका सातजना नै विना विभागीय हुन् ।

प्रतिक्रिया