कृषिमा भविष्य कोर्दै कालिकोटका जीवन !
काठमाडौँ - सुर्खेतको वीरेन्द्रनगर । केही समय पश्चिमतर्फ मोडिए पुगिन्छ उत्तरगंगा मन्दिर । वीरेन्द्रनगर ३ उत्तरगंगासँगैको बसन्त अर्गानिक फलफुल तथा पशुपंक्षि फर्मभित्र काक्रा, टमाटर लगायतका तरकारी लटरम्म फलेका छन् । त्यहीँ लटरम्म फलेको फर्म सुम्सुम्याउदै हुनुहुन्छ, जीवन गिरी । उमेरले २९ वर्ष पुग्नुभएका उहाँ सोही फर्ममा भविष्य कोर्दै हुनुहुन्छ ।
आइएसएजि सकेर स्नातक तह अध्ययनरत उनी करिब एक विघा जग्गामा व्यावसायिक खेती गर्दै आउनुभएको छ । बसन्त अर्गानिक फलफुल तथा पशुपंक्षि फर्म दर्ता गरी दश वर्षका लागि भाडाको जमिन लिएर तरकारी खेती गर्न थालेको उहाँ सुनाउँनुहुन्छ ।
उहाँले चारवटा टनेलमा काक्राँ, टमाटर, गोलभेँडा लगायतका अर्गानिक तरकारी लटरम्म पलाउनुभएको छ । साथै आलु, खुर्सानी, प्याज, सिमि, ग्याठ गोभि, चिप्ले भन्टा लगायतका तरकारी पनि लगाएको उहाँले सुनाउनुभयो । व्यवसायिक तरकारी खेतीबाट वार्षिक तीनदेखि चार लाख आम्दानी गर्दै आएको उहाँ बताउँछन् ।
यति मात्र नभएर उनले कृषि विकास निर्देशनालय र साना किसान सहकारी संस्था लि साझेदारीमा भेरिगङगा जातको गहुँको बिउ दशरतपुर कृषि अनुसन्धान केन्द्रले उत्पादन गरेको मुल बिउलाई उन्नत बिउ बनाउने र कृषकलाई लगाउनको लागि तयार हुने उहाँ बताउनुहुन्छ ।
२०५८ सालदेखि नै गिरी परिवार कृषिमा रमाउदै आउनुभएको थियो । बुबा आमाले गरेको देखेरै व्यवसायिक कृषि खेती गर्नुपर्छ भन्ने योजना उहाँले बताउनुभयो । आफू सानैदेखि आमा बुबासँगै बारीर बजार पुग्ने गरेको उहाँले बताउनुभयो ।
उहाँका बुबा आमाले २०५८ सालमै जनचेतना नर्सरी फलफुल फर्म दर्ता गरेर व्यावसायिक खेती सुरु गर्नुभएको थियो । सुरुमा स्थानीय फलफुलका बोट विरुवा लगाउने र अरुलाइ बेच्दै आउथेँ । पछि आमाबुबालाई पनि सघाउन थालेँ, उहाँले भन्नुभयो ।
गिरी तीन कक्षामा अध्ययन गर्दादेखि नै भ्याएसँग आमाबुबालाई सहयोग गर्ने गरेको अहिले सम्झनुहुन्छ । सानैदेखि कृषिमा रमाउन सक्ने भएकोले आधुनिक रुपमा राम्रोसँग तरकारी खेती गरेको उहाँको अनुभव छ ।
२०७० सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका उहाँसँग कृषि कर्ममै केही गर्ने हुटहुटी रहेको बताउनुहुन्छ । सोही हुटहुटीले कृषि पढ्न कालीकोटबाट दाङ पुग्नुभयो । परिवारले पनि कृषि नै पढूँन भन्ने चाहानुहुन्थ्यो । मैले पनि खोजीखोजी कृषि नै पढ्ने सोच बनाए', उहाँले भन्नुभयो, 'दाङको राप्ती प्राविधिक शिक्षालयमा कृषि पढ्न प्रवेश परीक्षा दिए । तर वैकल्पिकमा परेँ '।
कृषि पढ्ने बाटो बन्द भएपछि होटेल म्यानेजमेन्ट पढ्न काठमाडौं पसेको उहाँले बताउनुभयो । उहाले केही समय होटेल र रेष्टुराँमा काम गर्न भ्याए । काम गर्दै पढ्दै गर्दा दुई बर्षपछी सिटिभिटिले छात्रवृत्ति कृषि अध्ययनको लागि कोटा खुलायो । परीक्षामा सहभागी भएर नाम निकाल्न सफल भएँ', उहाँले भन्नुभयो, 'रोल्पाको नेपाल राष्ट्रिय नमुना माध्यामिक विद्यालयमा पढेँ । विद्यालयमा सामुहिक रुपमा प्रयोगात्मक तरकारी खेती गरेको उहाँले सुनाउनुभयो । पढाई सकेसँगै पुनः तरकारी खेतीमा उहाँ फर्किनुभयो ।
सुर्खेतमा वसन्त अर्गानिक कृषि तथा पशुपन्छी नाम गरेर २०७६ मा दुई बिघा जग्गा लगेर काम सुरु गरेको उहाँले बताउनुभयो । एक वर्ष त सो क्षेत्रको वातावरण नै बुझ्न लागेको उनले बताए उनले एक बर्षको लगानीबाट जग्गाको भाडा मात्रै तिरे । फर्ममा घेरबार नभएकाले छाडा पशु चौपायाले बाली नष्ट गरेको उनले बताए । राती १२ बजेसम्म त गाईवस्तु धपाउनुपथ्र्यो', उहाँले भन्नुभयो, 'केही समय नयाँ ठाउँ खोजेर तरकारी खेती गर्न थालेँ ।'
उहाँले स्थानीय तहले कृषि गर्नेलाई अनुदान कार्यक्रम ल्याएपनि वास्तविक कृषकले नपाएको बताउनुभयो । कृषि कर्म गर्नेभन्दा गैरकृषकले अनुदान पाएकोमा उनले दुखेसो पोखे । ‘हामी कृषकका नाममा ठुलाबडा भनिनेहरुकै वरिपरिकाले अनुदान पाउँछौँ तर, हामी पाउदैनौँ, उहाँले भन्नुभयो ।
पछिल्लो समय सिंचाईँ अभावका कारण समस्या भइरहेको बताउनुभयो । यहाँ सिचाईँको अभाव भइरहेको छ । भएका इनार पनि सुक्दै गएपछि पानीको ठुलै अभाव हुन थालेको छ, उहाँले भन्नुभयो,पानीको समस्या समाधान भएको भए र जग्गा भाडामा लिएका उद्यमीलाई सरकारले भाडाको व्यवस्था गरिदिएको भए निकै सहज हुने थियो ।
प्रतिक्रिया