कृषिमा भविष्य कोर्दै कालिकोटका जीवन !

कृषिमा भविष्य कोर्दै कालिकोटका जीवन !

काठमाडौँ  -   सुर्खेतको वीरेन्द्रनगर । केही समय पश्चिमतर्फ मोडिए पुगिन्छ उत्तरगंगा मन्दिर । वीरेन्द्रनगर ३ उत्तरगंगासँगैको  बसन्त अर्गानिक फलफुल तथा पशुपंक्षि फर्मभित्र काक्रा, टमाटर लगायतका तरकारी लटरम्म फलेका छन् । त्यहीँ लटरम्म फलेको फर्म सुम्सुम्याउदै हुनुहुन्छ, जीवन गिरी । उमेरले २९ वर्ष पुग्नुभएका उहाँ सोही फर्ममा भविष्य कोर्दै हुनुहुन्छ  । 

आइएसएजि सकेर स्नातक तह अध्ययनरत उनी करिब एक विघा जग्गामा व्यावसायिक खेती गर्दै आउनुभएको छ  ।  बसन्त अर्गानिक फलफुल तथा पशुपंक्षि फर्म दर्ता गरी  दश वर्षका लागि भाडाको जमिन लिएर तरकारी खेती गर्न थालेको उहाँ सुनाउँनुहुन्छ ।

उहाँले चारवटा टनेलमा काक्राँ, टमाटर, गोलभेँडा लगायतका अर्गानिक तरकारी लटरम्म पलाउनुभएको छ  । साथै आलु, खुर्सानी, प्याज, सिमि, ग्याठ गोभि, चिप्ले भन्टा लगायतका तरकारी पनि लगाएको उहाँले सुनाउनुभयो  ।  व्यवसायिक तरकारी खेतीबाट  वार्षिक तीनदेखि चार लाख आम्दानी गर्दै आएको उहाँ बताउँछन् । 

यति मात्र नभएर उनले कृषि विकास निर्देशनालय र साना किसान सहकारी संस्था लि साझेदारीमा भेरिगङगा जातको गहुँको बिउ दशरतपुर कृषि अनुसन्धान केन्द्रले उत्पादन गरेको मुल बिउलाई उन्नत बिउ बनाउने र कृषकलाई लगाउनको लागि तयार हुने उहाँ बताउनुहुन्छ   । 

२०५८ सालदेखि नै गिरी परिवार कृषिमा रमाउदै आउनुभएको थियो  । बुबा आमाले गरेको देखेरै व्यवसायिक कृषि खेती गर्नुपर्छ भन्ने योजना उहाँले बताउनुभयो । आफू सानैदेखि आमा बुबासँगै बारीर बजार पुग्ने गरेको उहाँले बताउनुभयो  ।

उहाँका बुबा आमाले २०५८ सालमै जनचेतना नर्सरी फलफुल फर्म दर्ता गरेर व्यावसायिक खेती सुरु गर्नुभएको थियो  । सुरुमा स्थानीय फलफुलका बोट विरुवा  लगाउने र अरुलाइ बेच्दै आउथेँ । पछि आमाबुबालाई पनि सघाउन थालेँ, उहाँले भन्नुभयो  । 

गिरी तीन कक्षामा अध्ययन  गर्दादेखि नै भ्याएसँग आमाबुबालाई सहयोग गर्ने गरेको अहिले सम्झनुहुन्छ  ।  सानैदेखि कृषिमा रमाउन सक्ने भएकोले आधुनिक रुपमा राम्रोसँग तरकारी खेती गरेको उहाँको अनुभव छ ।

२०७० सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका उहाँसँग कृषि कर्ममै केही गर्ने हुटहुटी रहेको बताउनुहुन्छ  । सोही हुटहुटीले कृषि पढ्न कालीकोटबाट दाङ पुग्नुभयो  ।  परिवारले पनि कृषि नै पढूँन भन्ने चाहानुहुन्थ्यो । मैले पनि खोजीखोजी कृषि नै पढ्ने सोच बनाए', उहाँले भन्नुभयो, 'दाङको राप्ती प्राविधिक शिक्षालयमा कृषि पढ्न प्रवेश परीक्षा दिए । तर वैकल्पिकमा परेँ '।

कृषि पढ्ने बाटो बन्द भएपछि होटेल म्यानेजमेन्ट पढ्न काठमाडौं पसेको उहाँले बताउनुभयो  । उहाले केही समय होटेल र रेष्टुराँमा काम गर्न भ्याए । काम गर्दै पढ्दै गर्दा दुई बर्षपछी सिटिभिटिले छात्रवृत्ति कृषि अध्ययनको लागि कोटा खुलायो । परीक्षामा सहभागी भएर नाम निकाल्न सफल भएँ',  उहाँले भन्नुभयो, 'रोल्पाको नेपाल राष्ट्रिय नमुना माध्यामिक विद्यालयमा पढेँ । विद्यालयमा सामुहिक रुपमा प्रयोगात्मक तरकारी खेती गरेको उहाँले सुनाउनुभयो  । पढाई सकेसँगै पुनः तरकारी खेतीमा उहाँ फर्किनुभयो  ।

सुर्खेतमा वसन्त अर्गानिक कृषि तथा पशुपन्छी नाम गरेर २०७६ मा दुई बिघा जग्गा लगेर काम सुरु गरेको उहाँले बताउनुभयो  । एक वर्ष त सो क्षेत्रको वातावरण नै बुझ्न लागेको उनले बताए उनले एक बर्षको लगानीबाट जग्गाको भाडा मात्रै तिरे । फर्ममा घेरबार नभएकाले छाडा पशु चौपायाले बाली नष्ट गरेको उनले बताए । राती १२ बजेसम्म त गाईवस्तु धपाउनुपथ्र्यो', उहाँले भन्नुभयो, 'केही समय नयाँ ठाउँ खोजेर तरकारी खेती गर्न थालेँ ।'

उहाँले स्थानीय तहले कृषि गर्नेलाई अनुदान कार्यक्रम ल्याएपनि वास्तविक कृषकले नपाएको बताउनुभयो  । कृषि कर्म गर्नेभन्दा गैरकृषकले अनुदान पाएकोमा उनले दुखेसो पोखे । ‘हामी कृषकका नाममा ठुलाबडा भनिनेहरुकै वरिपरिकाले अनुदान पाउँछौँ तर, हामी पाउदैनौँ, उहाँले भन्नुभयो  । 

पछिल्लो समय सिंचाईँ अभावका कारण समस्या भइरहेको बताउनुभयो  । यहाँ सिचाईँको अभाव भइरहेको छ । भएका इनार पनि सुक्दै गएपछि पानीको ठुलै अभाव हुन थालेको छ, उहाँले भन्नुभयो,पानीको समस्या समाधान भएको भए र जग्गा भाडामा लिएका उद्यमीलाई सरकारले भाडाको व्यवस्था गरिदिएको भए निकै सहज हुने थियो ।
 

प्रतिक्रिया